10. कुकुर दर्ता गर्नुअगाडि सरकारी मान्यताप्राप्त भेटेनरी डाक्टरबाट निरोगिता र सबै खोप लगाइएको प्रमाणपत्र पेस गर्नुपर्छ।
11. एक सन्तान नीतिका कारण घरमा बच्चाको खेल्ने साथी र उमेर ढल्केकाहरूका लागि समय कटाउने सबैभन्दा प्यारो साथी कुकुर बनेको छ।
12. पैचिङका सार्वजनिक पार्कहरूमा बिहानै घुमाउन ल्याइएका कुकुरहरूको भीड लाग्छ। विभिन्न आकार र रङ्गका कुकुर डोर्याउनेहरू प्राय: सेवानिवृत्त पाका व्यक्तिहरू हुन्छन्। यसरी कुकुर डोर्याएर हिँड्नुलाई हिजोआज प्रतिष्ठाका रूपमा लिइन्छ।
13. ग्लोबल पोस्टका अनुसार सन् 2009 मा एक धनाढ्य चिनियाँ महिलाले 40 लाख युआन (6 करोड 40 लाख रुपैयाँ) एउटा कुकुर किनेकी थिइन्। त्यो कुकुरलाई घरसम्म लान 30 वटा मर्सिडिज कारले स्कर्टिङ गरेका थिए।
14. सन् 2014 मार्च 18 मा चीनको ह्वाङचउमा एक व्यक्तिले तिब्बती मास्टिफ जातिको एउटा कुकुरलाई 20 करोड रुपैयाँमा बेचेका छन्। चीनमा कुकुर किनबेचमा यो अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ।
15. पैचिङको पूर्वी क्षेत्रमा गत वर्ष 29 एकड क्षेत्रफलमा कुकुरको दाँत आकारमा एउटा पार्क बनाइएको छ। जसमा कुकुरका लागि रेस्टुरेन्टदेखि हड्डी आकारको स्विमिङ पुल, कुकुर तालिम केन्द्र र मृत कुकुरका लागि चिहानसम्मको व्यवस्था छ।
1 2 3 4