फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
• चीन नेपाल कूटनीतिक सम्बन्धको 60 वर्षहरु
नेपाल र चीनबीचमा सन् 1955 अगष्ट 1 तारिख औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो। चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी युआन चोङसियानको नेतृत्वमा नेपाल भ्रमणमा गएको प्रतिनिधिमण्डलले सन् 1955 जुलाई 27 तारिखदेखि नेपाल सरकारसँग कुटनीतिक वार्ता सुरु गरेको थियो। चार दिनको सघन वार्तापछि अगष्ट 1 तारिख नेपाल र चीनबीचमा कुटनीतिक सम्बन्ध कायम भयो। वार्तामा नेपालको तर्फबाट तत्कालीन प्रमुख शाही सल्लाहकार गुन्जमान सिंहले नेतृत्व गरेको प्रतिनिधिमण्डल सहभागी थियो।
नेपाल र चीनबीचको कुटनीतिक सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित छ जसलाई पन्चशील सहअस्तित्वका सिद्धान्त पनि भनिन्छ। ती पाँच सिद्धान्तहरु यसप्रकार रहेका छन् – 'परस्परको राज्य क्षेत्रको अक्षुणता र सार्वभौमिकताको पारस्परिक सम्मान','अनाक्रमण','कुनै आर्थिक, राजनीतिक र सैद्धान्तिक रुपमा कुनै कारणले परस्परको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने','समानता र पारस्परिक हित' र'शान्तिपूर्ण सहअस्तित्व'।
• नेपाली सेवाको संक्षिप्त परिचय
 बितेका चालीस वर्षदेखि नेपाली प्रसारण सुन्ने श्रोताहरुको संख्या दिन-दिनै बढ्दो छ। श्रोताहरुको तत्परतामा स्थापित सी. आर. आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद, नेपालले श्रोताहरुलाई नेपाली सेवासित सम्पर्क गराउने र नेपाली प्रसारणको प्रचार-प्रसार गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। हाल नेपालमा सी.आर.आई.का करिब सात सयवटा श्रोता क्लबहरु छन्। नेपाली श्रोताहरुबाट हरेक वर्ष प्राप्त पत्रहरुको संख्या एक लाखभन्दा बढी पुग्ने गरेको छ। सन् 1990 देखि हालसम्म पन्ध्रजना नेपाली श्रोताले सी.आर.आई.द्बारा सञ्चालित ज्ञान-विज्ञान प्रतियोगितामा विशेष पुरस्कार जितेर चीनको भ्रमण गरिसक्नुभएको छ। नेपाली श्रोताहरुले भित्री हृदयदेखि नै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवालाई "हिमालय पार गर्ने मितेरी पुल"को संज्ञा दिँदै त्यसको उच्च प्रशंसा गर्नुभएको छ।