स्थानीय समय जुन २१ तारिख चाइना रेलवे एक्सप्रेसअन्तर्गत पश्चिमी स्थल तथा समुद्र नयाँ बाटो “आशियान एक्सप्रेस”को उदघाटन समारोह र प्रचार-प्रसार कार्यक्रम जर्मनीको डुइसबर्गमा आयोजना भएको छ। अनेकौं मुलुकहरूको राजनीति क्षेत्र, राष्ट्रिय रेल कम्पनी, रसद कम्पनी, बन्दरगाह उद्यमका करीब एक सय जना अतिथिले उक्त उदघाटन समारोहमा उपस्थित हुँदै “बेल्ट एण्ड रोड”को साझा निर्माण प्रस्तावमा संयुक्त ढुवानी सहकार्यको नयाँ प्रगतिको साक्षी बसेका छन्।
जुलाई ७ तारिख ब्रिक्स मुलुकका नेतागणको १७औँ भेटवार्ता ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न भएको छ। सो शिखर सम्मेलनमा रियो द जेनेरियो घोषणा-पत्र जारी गरिनुबाहेक कृत्रिम बुद्धिमत्ता र जलवायु परिवर्तन लगायतका विविध क्षेत्रका दस्तावेज पनि सम्पन्न भएका छन्।
जुलाई १४ मा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले बेइजिङमा क्रमशः माल्टाका उपप्रधान मन्त्री एवम् विदेश मामिला तथा पर्यटनमन्त्री इएन बोर्ग र बेलायती प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेलसँग भेट-वार्ता गर्नुभएको छ।
चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले जुलाई १३ तारिख बेइजिङमा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेटवार्ता गर्नुभएको छ।
राजदूत ओलीले भन्नुभए झैँ, नेपाल र चीन बीच हजारौँ वर्षदेखिको मैत्री सम्बन्ध रहँदै आएको छ। सन् १९५५ को अगस्ट १ तारिख दुवै देशले कूटनीतिक सम्बन्ध स्थापना गरेयता, नेपाल-चीन सम्बन्ध निरन्तर रुपमा विकास हुँदै आएको छ र उच्च तहको आदानप्रदान पनि गहिरिएको छ।