छन तु सहरको चीनली सडक
2024-03-29 20:15:25CRI
Share with:

चीनली छन तु सहरको एउटा विशेषतायुक्त वाणिज्य सडक हो। यो सडकले लामो इतिहास पनि बोकेको छ। चीनको तीन राज्य अवधिमा नै एउटा परिपक्व वाणिज्य सडक मानिएको यस सडकको इतिहास लगभग १ हजार ८ सय वर्ष पुरानो रहेको छ। चीनको तीन राज्य अवधि भनेको लगभग १८०० वर्षअघि हो, जुन बेला चीनको मुख्यभूमिमा तीनवटा राज्य विभाजित थियो,  वै राज्य, उ राज्य र शु राज्य। छन तु सहर शु राज्यमा पर्दथ्यो। त्यति बेला यी तीनवटा राज्यबीच सधैँ युद्ध चलिरहेको सम्बन्धमा धेरै कथाहरू छन्। यी युद्ध कथासँगै तीन राज्य संस्कृति पनि बनेको छ। चीनमा मात्र नभई जापानमा पनि तीन राज्य संस्कृति निकै लोकप्रिय छ। 

हाल चीनलीको क्षेत्रफल ३० हजार वर्ग मिटर र सडकको कूल लम्बाइ ५५०मिटर छ। यहाँको वास्तुशैली चीनको मिङ वंशको अन्त र छिङ वंशको आरम्भको देखिन्छ। त्यसैले यहाँ हिँड्दाखेरी छिङ वंशकालीन जस्तो लाग्छ।

यहाँ सछ्वान प्रान्तका विशेष खाजाहरू पाइन्छ। अहिले चीनली सडक छन तु सहरको एउटा नामी पर्यटन गन्तव्य बनेको छ।