गर्मी विदामा घुम्नजाने होइन त बेइजिङमा अवस्थित युनिभर्सल स्टुडियो
2024-07-22 15:45:55CRI
Share with:

युनिभर्सल स्टुडियो बेइजिङ रिसोर्ट बेइजिङको थोङचौ जिल्लामा अवस्थित छ। यो विश्वकै सबैभन्दा नयाँ र सबैभन्दा ठूलो युनिभर्सल रिसोर्ट थिम पार्क हो जुन सन् २०२१ सेप्टेम्बरबाट खोलिएको हो। यो युनिभर्सल स्टुडियो बेइजिङ चीनमा युनिभर्सलको पहिलो थीम पार्क हो साथै एसियामा तेस्रो र विश्वको छैठौँ थीम पार्क हो।

यहाँ विश्वप्रसिद्ध उपन्यास श्रृंखला ह्यारी पोटरको श्रृंखलागत फिल्ममा आधारित ह्यारी पोटरको द विजार्डिङ वर्ल्ड अफ ह्यारी पोटर, यसै गरी अरू चर्चित हलिउड चलचित्र तथा चरित्रमाथि बनाइएका जुरासिक वर्ल्ड, मिनियन ल्याण्ड, वाटरवर्ल्ड र हलिउड क्षेत्रहरू छन्। यसबाहेक, यहाँ ट्रान्सफर्मर र कुङ्ग फू पान्डा आधारित विषयवस्तुको थीम्ड पार्क पनि छन् जुन हालसम्म विश्वका अरू पार्कमा छैनन्।

बेइजिङको १ वा ७ नम्बरको सबवेमा सवार भएपछि ढुक्कसँग यो युनिभर्सल स्टुडियो बेइजिङ रिसोर्ट पुग्न सकिन्छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/