विभिन्न दृष्टिबाट चीनको वैदेशिक व्यापारबाट विश्वलाई फाइदा सिर्जना
2024-08-08 17:23:04cri
Share with:

अगष्ट ७ तारिख चीनले चालु वर्षका अघिल्ला ७ महिनाको वैदेशिक व्यापार तथ्याङ्कलाई सार्वजनिक गरेको छ। मालसामान व्यापारको आयात र निर्यातको कुल रकम २४ खर्ब ८३ अर्ब चिनियाँ युआन पुगेर गत वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले बृद्धि भएको देखिन्छ। वर्तमान भौगोलिक राजनीतिक खतरा बढ्दै गएको र विश्वव्यापी व्यावसायिक आपूर्ति लाइनमा हस्तक्षेप गरिएको पृष्ठभूमिमा चीनले यस्तो व्यापारिक अवस्थालाई कायम राख्नु आफैँमा उत्साहजनक रहेको छ।

चीनको वैदेशिक व्यापार स्थिर रूपमा विकसित हुँदै आएकाले चीनको अर्थतन्त्रको दृढता र जिवन्त शक्तिलाई देखाएको मात्र नभई विश्वका लागि विविध फाइदा सिर्जना गरेको छ। विश्लेषकका अनुसार, चीनले उच्च गुणस्तरीय विकासलाई साकार तुल्याउँदै आएको र उपभोग्य विशेषता, विविधता तथा गुणस्तर झन् झन् विकसित हुँदै आएको सिलसिलामा निर्यातलाई सबल पार्ने महत्वपूर्ण शक्ति पनि बढ्दै गएको देखिन्छ। चीनले निर्यात परिधिको अझ विस्तार गर्दै स्थिर र क्रमश: कृषि खाद्य पदार्थलाई बजारमा भित्र्याउने परिमाणलाई बढाएपछि सँगै मिलेर चिनियाँ बजारको उपभोग गर्न विभिन्न मुलुकका लागि अझ सहुलियत नीति र सकारात्मक वातावरण सिर्जना गर्नेछ।