चीन गैर भौतिक सांस्कृतिक सम्पदा पेस्ट्री सम्मेलन वल्लो सान्सीमा
2024-08-25 19:17:45CRI
Share with:

अगस्ट २३ को साँझ, चीन गैर भौतिक सांस्कृतिक सम्पदा पेस्ट्री सम्मेलन २०२४ वल्लो शान्सी प्रान्तीय थाइयुआनमा सुरु भयो। चाइना व्यन्जन एसोसिएसन र वल्लो सान्सी प्रान्तीय संस्कृति तथा पर्यटन विभागको संयुक्त आयोजनामा शुरु भएको उक्त सम्मेलनको उद्देश्य गैर भौतिक सांस्कृतिक सम्पदा र पर्यटनको गहन मिश्रणलाई बढाउनुका साथै गैर भौतिक सांस्कृतिक सम्पदा चाउचाउ आदि पिठोबाट बनाइने विभिन्न प्रकारका खानेकुरा बनाइने सीपको उत्तराधिकारको बिँडो थाम्नु रहेको छ। उक्त सम्मेलनको उद्घाटन समारोहमा, पेस्ट्री सेफले पिठोबाट बनाइने "बेलुन उडाउने" जस्ता गैर भौतिक सांस्कृतिक विरासत लगायतका कौशललाई प्रदर्शन गरेका छन्।