‘नयाँ गुणस्तरीय उत्पादन शक्तिको निर्माण गरौँ, स्मार्ट भविष्यलाई साझा गरौँ’मुख्य नारासहित सन् २०२४ विश्व रोबोट सम्मेलनको बेइजिङमा आयोजना गरिएको छ।
चिनियाँ इलेक्ट्रोनिक संघ तथा विश्व रोबोट सहयोग संगठनद्वारा संयुक्त रूपमा आयोजित सम्मेलन तथा प्रदर्शनीमा आगन्तुक दर्शकहरूको रोबोट संसारप्रति रूचि बढेको देखिन्छ। कृत्रिम बुद्धिमत्ता र रोबोटिक्सको गहिरो एकीकरणले ल्याएका अवसरहरूबाट आमनागरिक लाभान्वित् हुने देखिन्छ। भविष्यमा, यी ह्युमनोइड रोबोटहरू हरेक घरघरमा देखिने सम्भावना प्रबल बनेको छ।
यो विश्व रोबोट सम्मेलनले चिनियाँ शैलीको आधुनिकीकरणलाई सबल बनाउँदै विश्व रोबोटिक्स क्षेत्रमा नवाचारका लागि नयाँ अवसरहरू सिर्जना गर्नुका साथै विश्वव्यापी अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने विश्वास गर्न सकिन्छ।
Video by #AjayaAloukik
www.facebook.com/AjayaAloukik/