चीनको खुला र नवीन हरित ऊर्जा उद्योगबाट विश्वलाई हरित विकास अवसर ल्याइएको
2024-08-30 09:08:16cri
Share with:

 

अगष्ट २९ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले "चीनको ऊर्जा सङ्क्रमण" श्वेतपत्र प्रकाशित गरेको छ। श्वेतपत्रका अनुसार, चीन विश्वव्यापी ऊर्जा रूपान्तरणको प्रवर्द्धक र योगदानकर्ता हो। विगत दश वर्षमा चीनको वार्षिक नवीकरणीय ऊर्जा क्षमता विश्वको कुल ऊर्जाको ४० प्रतिशतभन्दा बढी पुगेको छ। विश्वव्यापी गैर-जीवाश्म ऊर्जा खपतको अनुपात १३.६ प्रतिशतबाट १८.५ प्रतिशतसम्म बढेको छ जहाँ चीनको योगदान दर ४५.२ प्रतिशत छ। निरन्तर प्राविधिक आविष्कार, पूर्ण औद्योगिक श्रृंखला र आपूर्ति श्रृंखला प्रणाली, पर्याप्त बजार प्रतिस्पर्धा र ठूलो बजारमा भर पर्दै चीनले नयाँ ऊर्जा उद्योगको द्रुत विकास हासिल गरेको छ र विश्वव्यापी वायु ऊर्जा र फोटोभोल्टिकको लागत धेरै महँगो हुने गरेकोमा यसको उल्लेखनीय रूपमा कम छ।

 

चीन र नेपाल भौगोलिक रूपमा नजिकका तथा छिमेकी दुई देश हुन् जसले विगत केही दशकदेखि राम्रो र मैत्रीपूर्ण सम्बन्ध स्थापना गरेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभको प्रगतिसँगै दुई देशबीचको सहकार्यले विशेष गरी ऊर्जा सहयोग क्षेत्रमा नयाँ अवसर सिर्जना गरेको छ।

 

विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा रहेको चीनलाई ऊर्जाको ठूलो आवश्यकता छ। चीनको छिमेकी मुलुक भएकाले नेपालमा प्रचुर मात्रामा जलस्रोत र ऊर्जा उत्पादन क्षमताको ठूलो सम्भावना छ। ऊर्जा सहयोगलाई सुदृढ गरेबाट दुई देशले आ-आफ्ना स्रोतसाधन र फाइदालाई पूरक बनाएका छन् र जीत-जीत स्थिति हासिल गरेका छन्।

 

चाइना पावर कन्स्ट्रक्सनको स्वामित्वमा रहेको माथिल्लो मर्स्याङदी ए जलविद्युत केन्द्रलाई उदाहरणमा राख, सन् २०२४ जुन ३० तारिखसम्म यस वर्षमा यो जलविद्युत केन्द्रको कुल विद्युत उत्पादन १६ करोड ६७ लाख ९४ हजार ८ सय किलोवाट पुगेको छ। यसै गरी, सञ्चयी अन-ग्रिड बिजुली १६ करोड ५७ लाख ४७ हजार ६ सय किलोवाट छ जुन गत वर्षको सोहि अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ र केन्द्र संचालनमा एदेखि सोही अवधिमा विद्युत उत्पादनको मात्रा नयाँ रेकर्डमा पुगेको छ। नेपालको राजधानी काठमाडौं र दोस्रो ठूलो शहर पोखरामा विद्युत आपूर्तिको महत्वपूर्ण हिस्साको रूपमा माथिल्लो मर्स्याङदी ए जलविद्युत केन्द्रले स्थिर, निरन्तर, भरपर्दो र हरित विद्युत आपूर्ति प्रदान गर्दै नेपालको शहरी आर्थिक विकास र पर्यावरणीय स्थिरतामा सकारात्मक योगदान पुर्‍याइरहेको छ।

 

यसबाहेक, चीन-नेपाल सहयोग सम्झौतामा तेल तथा ग्यास क्षेत्र र ऊर्जा पूर्वाधारमा पनि सहयोग समावेश छ। चीन र नेपालबीच भएको ऊर्जा सहयोग सम्झौताले दुई देशबीचको आर्थिक विकास र सहयोगलाई प्रवर्द्धन गर्ने मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रमा ऊर्जा अन्तरसम्बन्ध र सहयोगका लागि उपलब्धिमूलक रहेको छ।

 

केही वर्षयता चीनले "बेल्ट एण्ड रोड" का सह-निर्माण मुलुकहरूसँग हरित ऊर्जाको क्षेत्रमा सक्रिय रूपमा सहयोग विस्तार गरी मानिसको जीविकोपार्जनलाई फाइदा पुर्‍याउने धेरै "साना तर सुन्दर" परियोजनाहरूको कार्यान्वयनलाई प्रवर्द्धन गरेको छ र स्वच्छ, सुरक्षित र भरपर्दो ऊर्जा आपूर्ति योजना प्रदान गरेको छ। भविष्यमा चीनले स्वच्छ र सुन्दर संसारको निर्माण गर्न अन्य देशसँग हात मिलाउने कार्य जारी राख्नेछ। अमेरिकी मिडिया "सोलर सेल"ले रिपोर्ट गरेको झैँ चीनको हरित ऊर्जा उद्योगले आफ्नो नवीन श्रेष्ठता र उत्कृष्ट गुणस्तर लिएर विश्व ऊर्जा रूपान्तरणमा बुद्धि र बल प्रदान गर्दछ। चीनले खुला मनोवृत्तिका साथ व्यापक अन्तर्राष्ट्रिय सहयोग गरी विभिन्न मुलुकलाई हरित विकासको अवसर प्रदान गरेको छ।