प्यालेष्टाइनबाट आएका जुहार पैचिङ भाषा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धको मास्टर डिग्रीको अध्ययन गर्दैछन्। विश्वविद्यालयमा रङ्गी जीवनलाई जुहारले निकै मन पराउँछन्। दीर्घकालीन इतिहास रहेको पैचिङले पनि उनलाई नयाँ अनुभव ल्याएको छ। उनी भन्छन् “बहादुरले ग्रेडवाल जानुपर्छ। पैचिङमा पनि धेरै संग्रहालय र कला हल छन्। मलाई पैचिङको किल्लामा घुम्न मन पर्छ। नान लो कु श्याङ र छेन मन चीनको इतिहास र सँस्कृतिको “झ्याल” हुन्। मैले प्राचीन कालको चीनको भवन देखेँ। मैले पनि खाजा चाखेँ। मैले साथीसँग हट पट खाएँ। हट पट खान निकै न्यानो र आनन्द लाग्छ।”
जुहारका आँखामा चीन चमत्कारिक देश हो। उनले न्यानो क्वाङ चौ र दीर्घकालीन इतिहास र सँस्कृति रहेको पैचिङको अनुभव गरेका छन्। गत वर्षको हिउँद ऋतुमा जुहारले सहपाठीहरूसँग घुम्न हार्बिन गइन्। माइनस ३० डिग्री तापक्रमको मौसममा उनलाई ज्यादै खुशी लाग्यो। उनी भन्छन् “हार्बिन एक विशेष शहर हो। त्यहाँ जाडो छ तर रमाइलो छ। हार्बिन बरफ तथा हिउँ पार्क राम्रो छ। मैले हार्बिन केन्द्रीय सडकमा घुमेँ। त्यहाँ धेरै मुलुक शैलीका भवनहरू छन्। मैले माइनस २८ डिग्री तापक्रमको सडकमा आइसक्रिम खाएँ। जाडो भएता पनि खुशी लाग्यो।”
जुहारकाअनुसार, प्यालेष्टाइनको हिउँद पनि हिउँ पर्छ। हार्बिनको ठूलो हिउँ नभएता पनि हिउँले पनि शहरलाई शान्ति ल्याउने गर्दछ। प्यालेष्टाइनको शान्ति भंग गरिएको तर चीनको मद्दत हिउँद ऋतुमा दिएको न्यानोपनजस्तै छ। प्यालेष्टिनी सर्वसाधारणको मन चीनको मद्दतद्वारा न्यानो पारिएको छ। उनी भन्छन् “चीन प्यालेष्टाइनको सबैभन्दा सदिच्छापूर्ण र मैत्रीपूर्ण मित्र हो। चीनले प्यालेष्टाइनलाई धेरै विद्यालयहरू र प्रशिक्षण उपकरणको सहायता दिएको छ। प्यालेष्टाइनका विद्यार्थीले राम्रो सिकाई वातावरण पाए। चीनले प्यालेष्टाइनलाई रामजमार्गको निर्माण गरेको छ। मैले मेरो देशमा चीनको सहायतामा राजमार्ग देखेँ र सुनेँ। अध्ययन गर्न चीन आएपछि मैले चिनियाँहरूको उत्साहीको अनुभव गरेको छु।”
चीनमा अध्ययन गरेको एक वर्षमा जुहारले सधैं नै आफ्नो मातृभूमिमाथि ध्यान दिइरहेका छन्। उनलाई भिडन्तबाट परेको कठिनाइ र दुःख थाहा छ। त्यसैले उनले सुन्दर र सुखमय जीवन र शान्तिको अपेक्षा लिएका छन्। जुहारकाअनुसार, चीन दायित्वपूर्ण मुलुक हो। चीनले मध्य-पूर्वी क्षेत्रको शान्ति र स्थिरताका लागि मद्दत दिएको, विश्वको शान्ति र विकासका लागि आशा ल्याएको छ। उनी भन्छन् “चीन विश्वको राजनीतिक मञ्चमा योगदान दिएका सबैभन्दा महत्वपूर्ण मुलुकहरूमध्येको एक हो। चीनको विश्वव्यापी विकास प्रस्ताव, विश्वव्यापी सुरक्षा प्रस्ताव र विश्वव्यापी सभ्यता प्रस्तावबाट मैले एक सुन्दर भविष्य देखेँ। चीनले चीनको अडानको प्रशंसा गरेँ, चीनले संसारक लागि परिवर्तन ल्याएकोमा धन्यवाद दिएँ। यो परिवर्तन अझै राम्रो र अझै सुन्दर दिशातर्फ गएको हो र विश्वका मानिसहरूले हेर्नखोजेको दिशा हो।”