फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दलाइ र अमेरिकाद्वारा चीन विरोधी नाटक मञ्चन

(GMT+08:00) 2014-02-22 18:42:39

         यही फेब्रुअरी 21 तारिख दलाइ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच अनौपचारिक वार्ता गरेर एकपटक फेरि चीन विरोधी हाँस्य नाटक देखाएको चिनियाँ तिब्बत शास्त्र अनुसन्धान केन्द्रका अनुसन्धाता ल्यान स्याङ्ग मिनले व्यक्त गर्नुभएको छ।

          उहाँका अनुसार सन् 1959 मार्च 10 तारिखका दिन दलाई विद्रोह विफल भएर विदेशमा शरणार्थी भएको थियो। त्यसपछि तथाकथित "तिब्बतको स्वतन्त्रता"का लागि एकातिर सशस्त्र आक्रमण गर्ने, हुलदंगा उक्साउने आदि तरिकामार्फत तिब्बतमा सर्वसाधारणको सामान्य जीवनमाथि क्षति पुर्‍याइएको थियो। अर्कातिर तथाकथित "तिब्बत समस्या"लाई अन्तर्राष्ट्रियीकरण बनाइएको छ। दलाइ लामाले अन्तर्राष्ट्रिय मञ्चको प्रयोग गरेर चीन विरोधी अन्तर्राष्ट्रिय शक्तिबाट समर्थन लिई चीन सरकारलाई दवाव दिएको छ। साथै लामो समयदेखि अमेरिका दलाइ समूहको मुख्य दाता मुलुक हो। अमेरिकाले आफ्नो रणनैतिक फाइदाका कारणले दलाइ समूहलाई समर्थन दिएको छ।

        तिब्बत स्वतन्त्र हुने राजनैतिक लक्ष्यका लागि दलाई समूहको गतिविधि आवश्य नै विफल हुनेछ। दलाई समूहको प्रयोग गरेर केही मुलुकको चीनलाई पृथक् तुल्याउने र चीनको विकासलाई रोक्ने अभिप्रायः पनि विफल हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ