फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा भएको यातायात दुर्घटनामा 44जनाको मृत्यु

(GMT+08:00) 2014-08-10 18:04:18

          तिब्बतको न्येमो जिल्लामा नौ तारिख दिउँसो भएको एक भयङ्कर यातायात दुर्घटनामा 44जनाको मृत्यु हुनुका साथै अन्य एघार जना घाइते भएका छन्।

           एउटा पर्यटकीय बस र विपरीत दिशाबाट आइरहेको एउटा ट्रक सडकमा रहेको अर्को सवारीसाधनसँग ठोक्किएर यो दुर्घटना भएको हो। तीन सवारीसाधनमा गरी कूल 55 जना यात्रुहरु रहेका थिए। 44 जनाको मृत्यु भएको हो भने बाँकी एघार जना घाइते भएका छन्।

            हाल घाइतेहरुको तिब्बत स्वायत प्रदेश जन अस्पताल र तिब्बत सैन्य अस्पतालमा उपचार भैरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ