फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जन काँग्रेसद्बारा आकाशे दफनको व्यवस्थापन नियम सम्बन्धी प्रस्ताव पारित

(GMT+08:00) 2015-01-23 17:46:15

          तिब्बत स्वायत्त प्रदेश जन काङ्ग्रेसको स्थायी समितिबाट थाहा भएअनुसार दशौं जनकाङ्ग्रेसको तेस्रो सम्मेलनले "तिब्बत स्वायत्त प्रदेशको अन्त्येष्टी व्यवस्थापन नियम सम्बन्धी प्रस्तावलाई पारित गरेको छ। तिब्बतको इतिहासमा पहिलो पटक यस्तो कानूनको व्यवस्थापन गरिएको हो।

         "तिब्बत स्वायत्त प्रदेशको अन्त्येष्टी व्यवस्थापन नियम"मा शवाधान कार्यक्रम, शव अन्त्येष्टीस्थल, वरिपरिको वातावरणको संरक्षण र शवाधानकर्मीको प्रमाण आदि विषय समेटिएका छन्। यसप्रति तिब्बती जन काँग्रेसको स्थायी समितिअन्तर्गत सदस्य निर्वाचन कार्य परिषदका प्रमुख साङ्ग चुका अनुसार तिब्बतले पहिलो पटक कानूनको निर्माण मार्फत् अन्त्येष्टी क्रियालाई व्यवस्थापन गर्नु नै तिब्बती जातिको हजार वर्षभन्दा बढी इतिहास सहित अन्तिम सँस्कार चलनलाई सम्मान र संरक्षण गर्नु हो।

           यस प्रकारको अन्तिम संस्कार तिब्बती जातिको विशेष तथा धार्मिक अन्तिम संस्कार हो जसको हजार वर्षभन्दा लामो इतिहास छ। हाल अधिकाँश तिब्बती जनताले उक्त संसारको अवलम्वन गर्दछन्। मानिसको मृत्यु भएपछि शवका पेशागत संरक्षकले विशेष समारोहमार्फत् उसको लाश गिद्धलाई खुवाउँछन् जसबाट मृतकको आत्मा स्वर्गमा पुग्नसक्ने ठहर गरिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ