फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र पाकिस्तानका प्रधानमन्त्री बीचमा भेट-वार्ता

(GMT+08:00) 2015-04-21 09:06:09

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो बीस तारिख सोमबार इस्लामाबादमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफसँग भेट-वार्ता गर्नुभयो। दुवै नेताबीचमा सदाबहार रहेको चीन पाकिस्तान सम्बन्ध र रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई कायम राख्ने कुरामा एकमतो भएको छ।

         राष्ट्राध्यक्ष सीले चीनद्बारा पाकिस्तानसँगको सम्बन्धलाई उच्च ध्यान दिइएको बताउनुभयो। उहाँले दुवै मुलुक बीचको सम्बन्धबारे पाँचवटा सुझाव दिनुभयो। राष्ट्राध्यक्ष सीले अगाडि सार्नु भएका पाँच सुझावहरुमा उच्च स्तरीय आदान-प्रदान कायम राख्ने, चीन र पाकिस्तान आर्थिक करिडोरको निर्माणनको आधारमा विभिन्न क्षेत्रमा सहयोगलाई सबल पार्न साझा सहयोग र समृद्धि साकार तुल्याउने, सुरक्षा क्षेत्रको सहयोगलाई सुदृढ पार्ने,सन् 2015 चीन र पाकिस्तान मैत्री आदान-प्रादन वर्ष सम्बन्धी कार्यक्रमलाई संयुक्त रुपमा आयोजना गर्ने र संयुक्त राष्ट्र संघ र शाङहाइ सहयोग संगठन आदि प्लेटफर्ममार्फत संयुक्त राष्ट्र संघको सुधार, जलवायु परिवर्तन, खाद्य र ऊर्जा श्रोतको सुरक्षा आदि महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे रणनीतिक सहयोग सबल पार्ने रहेको छ।

        पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तान र चीन बीचको मित्रता पाकिस्तानको कूटनीतिको आधारशिला रहेको बताउनुभयो। उहाँले पाकिस्तानले एक चीनको नीतिलाई समर्थन गरेको, थाइवान, तिब्बत, सिङच्याङ र दक्षिणी सागर सम्बन्धी समस्यामा चीनको अडानलाई समर्थन गरिरहेको स्पष्ट पार्नुभयो। उहाँले पाकिस्तानले चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने इच्छा राखेको पनि औंल्याउनुभयो। पाकिस्तान र चीन आर्थिक करिडोर सम्बन्धी परियोजना क्षेत्रीय शान्ति र समृद्धिका लागि महत्वपूर्ण रहेको कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ