फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्बारा एशिया-अफ्रिका शिखर सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2015-04-22 17:59:52

       आज अप्रिल बाईस तारिख विहान एशिया-अफ्रिका शिखर सम्मेलन इन्डोनेशियाका राजधानी जकार्तामा सुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ यस पटकको सम्मेलनमा सहभागी हुनुका साथै "बाङडुङ भावनालाई अगाडि बढाउने, सहयोग र साझा समृद्धि अभिवृद्धि गर्ने " विषयमा महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो।

        यस पटकको सम्मेलनको मुख्य विषय "दक्षिण दक्षिण सहयोगलाई सुदृढ, पारी विश्वशान्ति र समृद्धि बढाउने" रहेको छ। उद्घादन समारोहपछि एशिया अफ्रिका नेता बीचको पूर्ण बैठक आयोजित भयो। त्यसपछि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्नुभयो।

        दुइ दिने सम्मेलनमा "सन् 2015 बाङडुङ विज्ञप्ति", "एशिया-अफ्रिका नयाँ किसिमको रणनीतिक साझेदारी सम्बन्ध पुनःरुत्थान सम्बन्धी घोषणा पत्र" र "प्यालेष्टाइन समस्या घोषणा पत्र" पारित हुने छन्।

जानकारी तथा लेखहरु
सुझाउ