फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विध्वंसकारी भूकम्पबाट करीब एक हजार आठ सयको मृत्यु

(GMT+08:00) 2015-04-26 11:00:09

नेपाली समयअनुसार अप्रिल पचीस तारिख मध्यान्ह बाह बजेतिर नेपालमा 8.1 रेक्टर स्केलको विध्वंसकारी भूकम्प गएको छ। जसबाट हालसम्ममा करीब एक हजार आठ सय जनाको मृत्यु भएको छ। भारतबाट प्राप्त जानकारीअनुसार, भूकम्पबाट नेपालसँग जोडिएको पूर्वी भारतीय क्षेत्रमा लगभग 14 जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्। त्यसका साथै भूकम्पमा चार जना चिनियाँ नागरिकको पनि मृत्यु हुनुका साथै दश जना गम्भीर घाइते पनि भएको नेपालका लागि चिनियाँ दुतावासले जनाएको छ। भूकम्पको प्रभाव चिनियाँ तिब्बती शिगाचेअन्तर्गत चि लुङ्ग , नेलाम आदि जिल्लामा पनि भूकम्पमा परी 13 जनाको मृत्यु हुनुका साथै अरु केही जना घाइते भएका छन्।

भूकम्पपछि राजधानी काठमाडौंमा केही भवन ध्वस्त हुनुका साथै टेलिफोन सञ्चार पनि प्रभावित भएको छ। काठमाडौं विमानस्थल केही समयसम्म बन्द भएको थियो। सगरमाथाको दक्षिणतिर हिउँ पहिरो जाँदा लगभग एक सय जना पर्वतारोही वेपत्ता हुनुका साथै विदेशीलगायत आठ जना पर्वतारोहीको मृत्यु भएको नेपालको गृह मन्त्रालयले पुष्टी गरेको छ।

त्यसबाहेक भारतको नयाँ दिल्ली, उत्तरी तथा पूर्वी क्षेत्र, पाकिस्तान, मलेशिया, बंग्लादेश आदि मुलुकमा पनि भूकम्पको धक्का महसुस भएको छ।

भूकम्पपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग, प्रधानमन्त्री ली ख छ्याङ्ग र विदेश मन्त्री वाङ्ग यीले बेग्ला-बेग्लै रुपमा नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रीलाई सम्वेदना सन्देश पठाएर मृतकप्रति शोक श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकका परिवार तथा घाइतेहरुप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ। साथै नेपाललाई सबै आवश्यक उद्धार सहायता दिने इच्छा पनि व्यक्त गर्नुभएको छ। चीन सरकारले आपतकालीन उद्धार सामग्री तयारी गर्दै सक्दो छिटो नेपालमा पठाउने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले 25 तारिख जानकारी दिनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ