फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्वान चौ शहर धार्मिक सहिष्णुताको शहर

(GMT+08:00) 2015-09-23 09:05:24

        

           सम्भवत् चीनकै एक मात्र हिन्दु मन्दिरको परिचय बोकेको होला खाइयूआन मन्दिरले। हुन त यहाँ पञ्चबुद्धको मूर्ति रहेछ ता पनि बाह्रौं शताब्दीमा तमिल समुदायले यहाँ शिव मन्दिर स्थापना गरेको रहेछ र यसैबाट यसलाई हिन्दु मन्दिरको नाम दिइएको पनि हुनसक्छ। 78,000 वर्ग मिटरमा फैलिएको यस मन्दिरको निर्माण आजभन्दा तेह्र सय वर्षअघि थाङ्ग वंशको समयमा भएको थियो। "यहाँ स्थापित पञ्च बुद्ध शाक्य मुनि नै हुन तर अनुहार भने हल्का चिनियाकरण भएको छ।" मेरो जिज्ञासा मेटाउँदै सहकर्मीले त्यहाँका पुजारी तथा भिक्षुलाई सोधेर मलाई बताइन। साथै त्यस मन्दिरमा अवस्थित दुई वटा खम्बा भने विशुद्ध हिन्दुको थियो। त्यसमा शिव, विष्णु, नरसिंह, कृष्ण आदि देवदवता र यसैसम्बन्धित चित्रहरू कुँदिएका थिए। त्यस बाहेक मन्दिरको दायाँ र बायाँ दुवैतिर ढुङ्गाको पाँच तल्ले प्यागोडा ठडिएको छ। यी प्यागोडा पहिले ईँटा तथा माटोबाट त्यसैगरी काठबाट मात्र बनाएको थियो रे र यी सबै बारम्बार हुने युद्धको बेला ध्वस्त भएपछि यो ढुङ्गाको बनाएको रे। साथै यस प्यागोडामा रञ्जना लिपी पनि लेखिएको पाएं। आज पनि चीनका धेरै ठाउँमा रञ्जना लिपी जीवित छ। यसले मलाई गौरवान्वित बनायो पनि। साथै त्यस प्राचीन कालमा यस छ्वान चौमा पनि नेपाली पुगेका रहेछन् भन्ने यसले प्रमाणित गर्छ। यहाँ नेपाली मात्रै होइन रेशम मार्गको समयमा विश्वका कुनाकुनाबाट मानिसहरू आएका छन् र कतिपय ती व्यापारीहरू यहीँ स्थायी रुपमा पनि बसोबास गरे भने कतिपयले आआफ्नो संस्कृति, परम्परा पनि ल्याए, भित्र्याए। जसरी बौद्ध धर्म प्राचीन भारतबाट चीनमा फैलियो त्यसै गरी अरबी मुलुक तथा फारसीहरूबाट यहाँ ईस्लाम धर्म फैलिएको पाएं।

           यही छ्वान चौ जहाँ सम्भवत् चीनकै एउटै मात्र हिन्दु मन्दिर छ यसै शहरमा विश्वकै पुरानो मस्जिदमध्येको एक मस्जिद पनि छ। दशौं शताब्दीमा निर्माण गरिएको यस अशब मस्जिद पनि यहाँको एउटा अतूलनीय सम्पदा रहेको छ। साथै यहाँ ऐतिहासिक कालखण्डका विविध शिलालेखहरू संरक्षित छन् भने पछिल्ला समयमा यस मस्जिदलाई प्रदान गरेका ईस्लाम धर्मसम्बन्धित बस्तुहरू पनि प्रदर्शनमा राखिएका छन् जसबाट एक मुसलमानले मात्रै नभइ एक साधारण मानिसले पनि ईतिहास र वर्तमानलाई एकै ठाउँमा हेर्नसक्छन्।

1 2 3
जानकारी तथा लेखहरु