फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बती साँस्कृतिक आदान-प्रदान मण्डल बेलायतको भ्रमण

(GMT+08:00) 2015-10-31 18:35:03

चिनियाँ तिब्बती साँस्कृतिक आदान-प्रदान मण्डल 31 तारिखका दिन बेलायतको चार दिने भ्रमण सम्पन्न गरेको छ। सो अवसरमा मण्डलले विविध तरिकामार्फत् बेलायती सर्वसाधारणलाई तिब्बतको आर्थिक,राजनैतिक, साँस्कृतिक तथा पर्यावरणीय सभ्यता निर्माणमा हासिल गरिएको ठूलो उपलब्धिबारे जानकारी दिएको छ।

यो भ्रमणमा व्यापक सम्पर्क, गहिरो आदान-प्रदान र मैत्रीपूर्ण वातावरणयुक्त रहेको प्रतिनिधि मण्डलका प्रमुख एवम् तिब्बती वैदेशिक साँस्कृतिक आदान-प्रदान संघका उपमहासचिव वाङ्ग नङ्ग शङ्गले व्यक्त गर्नुभयो। उपयुक्त माध्यम अपनाएर बेलायतमा तिब्बती सँस्कृतिको आदान-प्रदानलाई सुविधाजनक र सहयोगात्मक बनाउने सो अवसरमा बेलायती अधिकारीले बताए।

भ्रमणको अवसरमा प्रतिनिधि मण्डलले बेलायतमा रहँदै आएका तिब्बती देश बन्धुसँग पनि भेटवार्ता गरेको थियो।

जानकारी तथा लेखहरु