फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा प्राचीन गुम्बा नृत्य सङ्गीतको पुस्तक फेला पर्‌यो

(GMT+08:00) 2015-11-26 18:18:12

तिब्बत स्वायत्त प्रदेशको प्राचिन पुस्तक संरक्षण केन्द्रकाअनुसार तिब्बती प्राचिन पुस्तक संरक्षण विशेषज्ञहरुले ल्हासा शहरको मो जु गङ्ग खा जिल्लामा 13देखि18शताब्दीसम्मका तीसभन्दा बढी हस्तलिखित प्राचिन पुस्तक फेला पारेका छन्। मुख्यत ज्ञानसूत्रको पूर्णता भन्ने विषय भएका यी पुस्तकहरुमध्ये एक गुम्बा नृत्य सङ्गीतसम्बन्धी पुस्तक रहेको छ। यस पुस्तकको विषय हालसम्म बाहिर प्रसार भएको छैन।

तिब्बती प्राचिन पुस्तक संरक्षण केन्द्रका जिम्मेवार व्यक्ति प्याआन पा छि रुनले जानकारी दिनुभएअनुसार फेला परेका प्राचिन पुस्तकले तिब्बती बौद्ध धर्मको इतिहास,तिब्बती भाषा लेखनको अनुसन्धान आदि कार्यका लागि ठूलो सहयोग दिने छ। विशेष गरी फेला परेको गुम्बा नृत्य सङ्गीतसम्बन्धी पुस्तकले विशेषज्ञहरुको ध्यान तानेको छ। हालसम्म सबै सङ्ग्रहहीत प्राचिन पुस्तकहरुमा यस गुम्बा नृत्य सङ्गीतसम्बन्धी पुस्तकको विषय बारे कतै कुनै रेकर्ड छैन। यस प्राचिन पुस्तक फेला परेको स्थान वरिपरिका बासिन्दालाई पनि यस सङ्गीतसम्बन्धी पुस्तकबारे केही जानकारी छैन।

जानकारी तथा लेखहरु