फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी राष्ट्रनायकहरुद्वारा चीनको बाँदर वर्षको उपलक्ष्यमा शुभकामना

(GMT+08:00) 2016-02-07 17:54:07

चिनियाँ पात्रोअनुसार बाँदर वर्षको उपलक्ष्यमा केही विदेशी राष्ट्रनायकहरु तथा अन्तर्राष्ट्रिय संगठनका नेताहरुले बधाई सन्देश सहित चिनियाँहरुलाई बसन्त चाडको शुभकामना व्यक्त गरेका छन्।

संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले भिडियोमार्फत् बाँदर वर्षको सन्देश प्रकाशित गर्दै चिनियाँ जनता र विश्वको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका चिनियाँहरुप्रति शुभकामना व्यक्त गर्नुभयो।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्व्हा समाचार समितिमार्फत चिनियाँ जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। ओलीले चिनियाँ पात्रोअनुसार नयाँ वर्षको स्वागत गर्दै चिनियाँ जनताको स्वास्थ्य, सफलता तथा समृद्धिको कामना गर्नुभएको छ। साथै उहाँले चीनको बसन्त चाड नेपालमा लोकप्रिय भइरहेको उल्लेख गर्दै विश्वमा बसन्त चाड मनाउने सबैप्रति शुभकामना व्यक्त गर्नुभयो।

पाकिस्तानी राष्ट्रपति मामनून हुस्सेनले पाकिस्तानका लागि चिनियाँ राजदूतावासमार्फत् चिनियाँ जनता र चीन सरकारलाई बसन्त चाडको शुभकामना व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु