फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङअवस्थित नेपाली दूतावासमा आज भूकम्प स्मृति कार्यक्रम

(GMT+08:00) 2016-04-25 11:23:22

गत वर्षको अप्रिल पच्चीस तारिख 11 बजेर 56 मिनेटमा 7.8 रेक्टर स्केलको गएको विनाशकारी भूकम्पको सम्झना र चन्दा-सहयोग गरेका चिनियाँ सँघसंस्थालाई प्रशंसा-पत्र दिने हेतुले आज सोमबार अप्रिल पच्चीस तारिख पैचिङ् अवस्थित चीनका लागि नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपाली दूतावासले हालसम्म सङ्कलन भएको करिब एक करोड बयान्नब्बे लाख चिनियाँ यूआन प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ र पचास हजार वा सोभन्दा बढी चिनियाँ रकम दिने व्यक्ति तथा सँघसंस्थालाई प्रशंसा-पत्र दिने जनाइएको छ।

कार्यक्रममा भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा मौनधारण गरिने छ। साथै आजको नेपालको स्थितीसम्बन्धमा जानकारी पनि दिने छ।

जानकारी तथा लेखहरु