फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ गरिबी निवारण कोषद्वारा नेपालको पुनःनिर्माण परियोजना शुरु

(GMT+08:00) 2016-04-26 16:17:18

चिनियाँ गरिबी निवारण कोषको सहायतामा नेपालको भूकम्पका कारण ध्वस्त भएको युवा सहभागिता सामुदायिक माध्यमिक विद्यालयको शिलान्यास समारोह काठमाडौंमा आयोजना भएको छ। नेपालका शिक्षा मन्त्री गिरीराज मणि पोखरेल, नेपालका लागि चिनियाँ राजदूतावास कार्यालयका प्रमुख चङ युङआदि व्यक्तिहरु सो समारोहमा उपस्थित हुनुभएको छ।

सो शिलान्यास समारोहमा पोखरेलले चीनको गैर सरकारी संगठनहरुले नेपालमा शिक्षा हितकल्याण परियोजनाहरु लागू गरेकोमा स्वागत गर्नुका साथै कृतज्ञता ज्ञापन गर्नुभयो। साथै उहाँले सहायता पाएका विद्यालयका विद्यार्थीहरु स्वस्थ रुपमा हुर्कने, चीन र नेपालको मैत्रीपूर्ण आदान-प्रदानको परम्परालाई निरन्तरता दिने आशा गर्नुभयो।

चिनियाँ गरिबी निवारण कोषका उप निर्देशक वाङ सिङले युवा सहभागिता विद्यालयको शिलान्यास समारोहको आयोजनाबाट चिनियाँ गरिबी निवारण कोषले नेपालको पुनःनिर्माणमा कुल रकम 41 लाख चिनियाँ युआनको परियोजना ‌‌औपचारिक रुपमा शुरु भएको कुरा प्रतिविम्वित भएको कुरा बताउनुभयो।

आगामी दुई वर्षमा कोषले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको पुनःनिर्माणका लागि सहायता दिने छ।

जानकारी तथा लेखहरु