फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जनकाँग्रेसको अधिवेशनमा प्रधानमन्त्रीको कार्यप्रतिवेदन

(GMT+08:00) 2017-03-05 13:35:53

बाह्रौँ चिनियाँ जन कांग्रेसको पाँचौं अधिवेशन आज मार्च पाँच तारिख विहान पैचिङमास्थित जनबृहत सभाभवनमा शुरु भएको छ। सो अधिवेशनमा चीनका प्रधान मन्त्री ली खछ्याङले राज्य परिषदको तर्फबाट सरकारी कार्य प्रतिवदेन प्रस्तुत गर्नुभएको छ।

सरकारी कार्य प्रतिवेदनमा प्रधान मन्त्री लीले गत वर्षको अवस्थाको सिंहावलोकन गर्दै बितेको वर्षमा चीनको विकास क्रममा अतिपय स्वदेशी तथा विदेशी अन्तर्विरोध जोडेर खतरा तथा निहित खतरा बारम्बार देखा परेको र गम्भीर चुनौती देखा परेको उल्लेख गर्नु भएको छ। तै पनि सम्पन्न समाजको पूर्ण निर्माणमा नयाँ र महत्वपूर्ण प्रगति हासिल गरिएको र सुधारलाई गहन पार्ने क्षेत्रमा मुख्य पाइला चालेको उहाँले बताउनु भएको छ। कानून वमोजिम देशको शासन गरेर व्यवहारमा उतार्दै कडाइका साथै चिनियाँ कम्युनिष्ट पार्टीको संचालनलाई गहिरो स्तरमा लगाउने प्रतिवेदनमा उल्लेख छ। गत वर्षको आर्थिक तथा सामाजिक विकासका मुख्य लक्ष्यहरु पूरा भएको छ भने तेह्रौं पञ्च वर्षिय योजनाको कार्यन्वयनको पहिलो वर्षमा राम्रो उपलब्धि हासिल भएको प्रतिवेदनमा औँल्याइएको छ।

कार्य प्रतिवदेनमा यसरी उल्लेख गरिएको छः चालू वर्ष अर्थात् सन् 2017 को विकास सम्बन्धी अनुमानका मुख्य लक्ष्यहरु यस प्रकार छनः चीनको कूल गार्हस्थ्य उत्पादन परिमाणको बृद्धि दर लगभग 6.5 प्रतिशत राखिएको र वास्तविक काममा योभन्दा अझ राम्रो नतिजा हासिल गर्न कोशिश गरिने छ। नागरिकहरुको उपभोग्य मूल्य बृद्धि दर 3 प्रतिशतले नियन्त्रित गरिने छ भने शहरी तथा ग्रामीण क्षेत्रमा नयाँ रोजगारीमा संलग्न व्यक्तिको संख्या एक करोड दश लाख हुने छ। आयातनिर्यात राम्रो अवस्थातिर डोर्‍याइएको र अन्तर्राष्ट्रिय आयव्ययलाई आधारभूत रुपमा सन्तुलित पारिने छ। मुख्य प्रदूषित वस्तुको निष्काशन परिमाणलाई निरन्तर घटाइँदै जाने छ।

ती लक्ष्यहरुलाई साकार तुल्याउन नौवटा क्षेत्रमा राम्रोसँग काम गर्नुपर्ने आग्रह पनि प्रधान मन्त्री लीले गर्नुभएको छ।

साथै प्रधान मन्त्री लीले जातीय, धार्मिक, रक्षा तथा सैनिक निर्माण, हङ्गकङ्ग र मकाउको विकास तथा थाइवान जलडमरुका दुई किनारा बीचको सम्बन्ध एवम् चीनको कूटनीतिबारे पनि ब्याख्या गर्नुभएक छ।

आजको अधिवेशनको कार्य सूची वमोजिम, गार्हस्थ्य आर्थिक तथा सामाजिक विकास योजनाको कार्यन्वयन अवस्था 2016, गार्हस्थ्य आर्थिक तथा सामाजिक विकास योजना मसौदाको प्रतिवेदन कार्यन्वयन अवस्था 2017, केन्द्रीय तथा क्षेत्रीय बजेटको कार्यन्वयन अवस्था 2016 तथा केन्द्रिय तथा क्षेत्रीय बजेटको कार्यन्वयन अवस्था 2017 र राष्ट्रिय बजेट मसौदा 2017 को लेखाजोखा गरिएको छ।

जानकारी तथा लेखहरु