फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्रीद्बारा ध्यानाकर्षणको विषयको ब्याख्या

(GMT+08:00) 2017-03-08 18:42:14

चीनका परराष्ट्र मन्त्री वाङ यीले मार्च आठ तारिख राष्ट्रिय जनकाँग्रेसको वार्षिक सम्मेलन अवधिमा आयोजित नियमित पत्रकार सम्मेलनमा एक पेटी एक मार्ग सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगको प्रबर्द्धन, चीन-अमेरिका सम्बन्ध र कोरियाली प्रायद्बीपको परिस्थिति लगायतका विविध ध्यानाकर्षणका विषय र चिनियाँ विशेषतायुक्त कूटनीतिक धारणाबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।

एक पेटी एक मार्ग प्रस्ताव चीनले प्रस्तुत गरे तापनि त्यसबाट विभिन्न मुलुकहरू लाभान्वित हुनसक्ने भन्ने चीनको आशा रहेको परराष्ट्र मन्त्री वाङले औंल्याउनुभएको छ।

चीन-अमेरिका सम्बन्धबारे चर्चा गर्दै मन्त्री वाङले हाल दुवै देशको सम्बन्ध सकारात्मक दिशातर्फ स्थिर रुपमा विकसित हुँदैजाने कुरा बताउनुभएको छ।

कोरियाली प्रायद्बीपको परिस्थिति तनावपूर्ण हुँदैआएको विषयबारे चर्चा गर्दै मन्त्री वाङले उत्तर कोरियाले आणविक क्षेप्यास्त्र तैनाथ गतिबिधि बन्द गर्ने र अमेरिका तथा गणतन्त्र कोरियाले ठूलो परिधिको सैन्य अभ्यास पनि बन्द गर्ने प्रस्ताव चीनले गरेको कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु