फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ दुई ठूला अधिवेशनप्रति CRIका विदेशी विशेषज्ञको भनाइ

(GMT+08:00) 2017-03-09 16:07:27

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको तमिल विभागीय विशेषज्ञ पण्डारिनाथन मिलस्वामीले'चीनका दुई ठूला अधिवेशन चिनियाँ जनताको जीवनमा प्रभाव पार्ने राजनैतिक समारोह मात्र नभई विश्वले नजर पुर्‌याउने वार्षिक परीक्षा'शीर्षकमा लेख लेख्नुभयो।

लेखमा चीनमा 56वटा जातिका जनताले समान अधिकार र मौका पाएको उल्लेख छ। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य तथा चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिहरु सँगसँगै चीन जस्तो विशाल जहाजलाई निरन्तर रुपमा अगाडि बढाउने कुरा लेखमा लेखिएको छ। अमेरिकी संरक्षणवाद पुनरुत्थानका बेला चीनले व्यापार र दक्ष व्यक्ति भित्र्याउने आदि क्षेत्रमा अझ बढी खुलापन बढाउँदै जानेछ।

चिनियाँ सैनिक रकमको वृद्धिमा सधैं नै भारतीय सञ्चारमाध्यमले ध्यान दिने विषय हो। चिनियाँ सैनिक खर्च भारतभन्दा तीन गुणा बढी भएता पनि विकसित मुलुक अमेरिकाको मापदण्डभन्दा धेरै कम भएको लेखमा औंल्याइएको छ।

जानकारी तथा लेखहरु