फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा अग्लो राजमार्गको लामो सुरुङ संचालनमा

(GMT+08:00) 2017-09-26 16:42:59

विश्वकै सबैभन्दा अग्लो राजमार्गको लामो सुरुङ अर्थात् छ्येअरशान सुरुङ छब्बीस तारिखदेखि संचालनमा आएको छ।

उक्त सुरुङ समुद्र सतहदेखि ४३०० मिटर अग्लो हिमाली पठारभूमिमा पर्दछ र सन् २०१२देखि त्यसको निर्माण शुरु भएको थियो। सो सुरुङमा १ अर्ब १५ करोड चिनियाँ युआन बराबरको लगानी लगाइएको छ। हालसम्म यो नै विश्वमा समुद्र सतहदेखि सबैभन्दा अग्लो राजमार्गको लामो सुरुङ हो।

चीनको सछुवान प्रान्तीय कानच तिब्बती स्वायत्त प्रिफेक्चरको दक जिल्लामा अवस्थित छ्येअरशान पहाड सछुवान-तिब्बत राजमार्गको उत्तरी रुटमा पर्दछ। सो सुरुङ संचालनमा आएपछि कानचदेखि दकसम्मको २ घण्टाभन्दा बढीको लामो पहाडी बाटोलाई १० मिनेटमा छोट्टाइएको छ साथै दुई ठाँउका बासिन्दाहरुको यातायातमा अतूलनीय सुविधा प्रदान गरिएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु