फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा परीक्षण गरिएको "समुद्री धान"को रोपन सफल

(GMT+08:00) 2017-09-29 16:35:58

चिनियाँ र्इन्जिनियरिङ प्रतिस्थानका विद्वान एवम् वर्णसंकर चामलका बुवा मानिएका युआन लोङ्ग फिङको नेतृत्वको प्रविधि मण्डलद्वारा शानतोङ्ग प्रान्तीय छिङ्ग ताउ शहरमा नयाँ सिर्जना गरिएको "समुद्री धान"को वास्तविक परीक्षणको नतिजा सार्वजनिक भएको छ। प्रति हेक्टरमा यस किसिमको धानको सबैभन्दा बढी उत्पादन मात्रा 9314.25केजी पुगेको छ। जसबाट हेर्दा "समुद्री धान"को अनुसन्धान र विकास क्षेत्रमा चीनले महत्वपूर्ण प्रगति हासिल गरेको छ।

छिङ्ग ताउ समुद्री धानको अनुसन्धान तथा विकास केन्द्रबाट प्राप्त जानकारीअनुसार, समुद्री धानको छोटकरी नाम नुन सहिष्णु धान राखिएको छ। नुनको मात्रा बढी भएको खेतमा परम्परागत धानको सामान्य उत्पादन हुँदैन। हाल 0.6प्रतिशतको नूनिलो पानीको सिंचाईमा नयाँ सिर्जित "समुद्री धान" सामान्य रुपमा उत्पादन हुनुका साथै उत्पादन मात्रा प्रति हेक्टर जमिनमा लगभग 4500केजीको पूर्वानुमानभन्दा धेरै बढी भएको छ।

जानकारी तथा लेखहरु