फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्य परिषद्द्वारा "चीनको स्वास्थ्य कार्यको विकास र मानव अधिकारको प्रगति" नामक श्वेत-पत्र सार्वजनिक

(GMT+08:00) 2017-09-29 18:04:25

चिनियाँ राज्य परिषद्ले 29 तारिख "चीनको स्वास्थ्य कार्यको विकास र मानव अधिकारको प्रगति" नामक श्वेत-पत्र सार्वजनिक गरेको छ।

सात खण्ड रहेको श्वेत-पत्रमा राष्ट्रिय अवस्थासित अनुकूल स्वास्थ्य अधिकारको प्रत्याभूति, स्वास्थ्य वातावरण र शर्तको सुधार, साझा स्वास्थ्य सेवा क्षमताको वृद्धि, चिकित्सा र स्वास्थ्य सेवाको गुणस्तर माथि उकासिएको, सर्वसाधारणका लागि चिकित्सा प्रत्याभूति प्रणालीको क्रमशः पूरा, विशेष समूहको स्वास्थ्य स्तरको स्पष्ट प्रगति र विश्वव्यापी स्वास्थ्य व्यवस्था र अन्तर्राष्ट्रिय चिकित्सा उद्धारमा सक्रिय सहभागी समेटिएका छन्।

श्वेत-पत्रका अनुसार, स्वास्थ्य मानव जीवन र समाजको विकास गर्ने आधारभूत शर्त हो। स्वास्थ्य अधिकार आधारभूत मानव अधिकारमध्येको एक हुनुका साथै गौरवका साथ जीवन बिताउने आधारभूत प्रत्याभूति हो।

जानकारी तथा लेखहरु