फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा गरिबी हटाउने कामबारे महत्वपूर्ण निर्देशन

(GMT+08:00) 2017-10-09 17:48:15

चीनको राष्ट्रिय गरिबी उन्मूलन दिवस नजिकिँदै छ। यसै अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले गरिबी हटाउने कामबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ।

उहाँले गरिबी हटाउने तथा सर्वसाधारणहरुले सुखी जिवन बिताउने उद्देष्य पार्टी र राष्ट्रको विकासको आधारभूत उद्देष्य भएको बताउनुभएको छ। उहाँले अठारौं महाधिवेशनदेखि केन्द्रिय पार्टीले सन् 2020सम्म हालको मानकमा गाउँ क्षेत्रको गरिब मान्छेको गरिबी हटाउन सक्ने सम्बन्धी बचनबद्धता दिएको बताउनुभयो। उहाँले विभिन्न क्षेत्रका विभिन्न विभागले केन्द्रिय पार्टीको निर्णयलाई राम्रो सँग कार्यन्वयन गर्दै पूर्ण पार्टी तथा पूर्ण समाजले सक्दो प्रयास गर्दै प्रत्यक्ष गरिबी उन्मूलन गरेको, सिर्जना प्रणालीमार्फत गरिबी हटाउनमा सफलता प्राप्त गरेको बताउनुभयो।

उहाँले गरिबी हटाउने क्रममा धेरै राम्रा प्रतिनिधिहरू देखा परेका भन्दै उहाँहरुको निस्वार्थ समर्पण तथा रचनात्मक भावनालाई निरन्तर रुपमा अगाडि बढाउनु पर्ने पनि बताउनुभयो।

चीनका प्रधानमन्त्री लि ख छ्याङले गरिबी उन्मूलनलार्इ साकार तुल्याउन सबै जनताले साझा समृद्धिलाई साकार तुल्याउनु नै महत्वपूर्ण कदम रहेको बताउनुभयो। उहाँले यस पटकका गरिबी हटाउने काममा सक्रिय रूपमा उदाहरणार्थ भूमिका निर्वाह गरेका उत्कृष्ट व्यक्तिहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

गरिबी उन्मूलन उत्कृष्ट कार्यहरूको रिपोर्ट आज अर्थात् नौ तारिख पैचिंगमा आयोजित भएको छ। उक्त कार्यक्रममा चिनियाँ राज्य परिषद गरिबी उन्मूलन विकास टोलीका प्रमुख वाङ याङले सम्बोधन गर्नुभएको छ। सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र प्रधानमन्त्री लि ख छ्याङले महत्वपूर्ण निर्देशन व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु