फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको हुलाक एक्सप्रेस उद्योगले विश्व हुलाक एक्सप्रेस उद्योगको बृद्धि दरमा 40 प्रतिशत ओगटेको

(GMT+08:00) 2017-10-09 18:21:21

आज नौ तारिख 48औं विश्व हुलाक दिवस हो। यसै अवसरमा चिनियाँ राष्ट्रिय हुलाक व्यूरोका प्रमुख मा च्युङ शङले सम्बोधन गर्दै पाँच वर्षयता चीनको हुलाक द्रुत गतिले विकास भएको र विशेषत एक्सप्रेस उद्योगको विकास झन् बढ्दै गइरहेको बताउनुभएको छ। उहाँले चीनको हुलाक व्यापारको मात्रा लगातार तीन वर्ष विश्वकै पहिलो स्थानमा रहेको तथा विश्व एक्सप्रेस उद्योगको बृद्धि दरमा 40 प्रतिशत भाग ओगटेको पनि सम्बोधनको क्रममा जानकारी दिनुभएको छ।

उहाँले पाँच वर्षयता चीनको हुलाक व्यापार मात्रा 360 प्रतिशत तथा आय मात्रा 270 प्रतिशत वृद्धि भएको बताउनुभयो।

उहाँले आगामी समयमा चीनले अन्तर्राष्ट्रिय स्तरीय हुलाक एक्सप्रेस ब्रान्डको विकास गर्ने, "एक पेटी एक मार्ग" सम्बन्धी मुलुकसँग हुलाक सम्बन्धी कार्यमा सहयोगलाई सबल पार्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु