फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

19औं महाधिवेशनका युवा प्रतिनिधिद्वारा मातृभूमिको सफलताप्रति खुशी व्यक्त

(GMT+08:00) 2017-10-11 17:43:30

चीनका विभिन्न क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका युवा सदस्यहरुले मातृभूमिको विकासमा क्रमबद्ध सफलता प्राप्त गरेकोमा खुशी तथा प्रशंसा व्यक्त गरेका छन्।

"91 वित्तीय" कम्पनिका प्रबन्धक स्यु च वैले सन् 2011मा कम्पनी स्थापना गरेका थिए। हाल यस कम्पनीको मूल्यांकन दश अर्ब चिनियाँ युआनभन्दा बढी रहेको छ। उनले विगत पाँच वर्षमा चीन सरकारद्वारा विज्ञान तथा प्रविधिको विकास र स्वरोजगारलाई समर्थन तथा प्रोत्साहन दिएबाट आफ्नो व्यवसायले ठूलो उपलब्धि हासिल गरेको बताउनुभयो।

तिब्बत स्वायत्त प्रदेशको छाया जिल्लाको स्यो तौं गाउँ क्षेत्रमा काम गरिरहेको तिब्बती जातिय पार्टी सदस्य नि मा च्याङ छुङले पार्टी र मुलुकको ठूलो समर्थनमा विगत पाँच वर्षमा स्यो तौं गाउँ क्षेत्रका किसानहरुको आय 1000 प्रतिशतले बृद्धि भएको बताए।

छिङ ह्वा विश्वविद्यालयका विद्यार्थी डाक्टर ह्वान छङले मातृभूमि अझ समृद्धि र अझै बलियो हुने आशा रहेको भन्दै सोबाट युवाहरुलाई झन् बढी अवसर सिर्जना हुने बताए। उनले 19औं महाधिवेशन र मातृभूमिको भविष्यप्रति पूर्ण अपेक्षा गरेका छन्।

जानकारी तथा लेखहरु