फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको समाचार केन्द्र सञ्चालनमा

(GMT+08:00) 2017-10-11 19:10:44

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशन सेप्टेम्बर अठार तारिखबाट पैचिङमा सुरु हुँदै छ। एघार तारिखबाट महाधिवेशनको समाचार केन्द्र पनि सञ्चालनमा आएको छ जसबाट चिनियाँ तथा विदेशी पत्रकारलाई आवश्यक जानकारी तथा समाचार र लेखहरू प्रदान गर्ने र अन्तर्वार्ता मिलाउने लगायतका काम सजिलो हुने भएको छ।

महाधिवेशन समाचार केन्द्रका उप-प्रमुख एवम चीनको पत्रकार संघका सचिव श्रीमती वाङ तुङ मेइले जानकारी दिएअनुसार, पाँच वर्षअघिको तुलनामा उन्नाइसौँ महाधिवेशनको समाचार केन्द्रको पत्रकार डेस्क धेरै बढेको, इन्टर्नेटको गति धेरै तिव्र भएको, सेवा कार्यमा पनि नवीनता र सुधार थपिएको छ। सचिव वाङ तुङ मेइले मोबाइल अन्तर्क्रियात्मक सूचना सेवा यस समाचार केन्द्रको नवीनतम् सेवामध्येको एक भएको भन्दै पत्रकारले समाचार केन्द्रको विच्याट खातामा सोधबुझ गर्नसकिने, समाचार केन्द्रको सेवा विषय तथा गतिविधि बारे थाहा पाउन सकिने जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु