फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको व्यापार वातावरणको सुधारबाट विदेशी उद्योगलाई फाइदा

(GMT+08:00) 2017-10-11 19:16:35

विगत पाँच वर्षमा चीनले अनेकौँ नीति नियम तथा कदम चालेर व्यापार वातावरणको सुधार गरेको छ। सन् 2013मा शाङ हाइ स्वतन्त्र व्यापार क्षेत्रको औपचारिक रुपमा स्थापना गरिएको थियो जसबाट व्यवसाय, भंसार, सामान निरिक्षण आदि क्षेत्रमा विदेशी कम्पनीलाई सुविधा दिइएको छ। यस वर्षसम्म चीनका स्वतन्त्र व्यापार परिक्षण क्षेत्रको संख्या चारबाट एघार पुगेको छ।

यसबाहेक गत जनवरीमा चीनको राज्यपरिषदले खुलापनलाई विस्तार गरी विदेशी लगानीको सक्रिय प्रयोग गर्ने केही कदमको सूचना सार्वजनिक गरेको थियो त्यसमा सेवा उद्योग, निर्माण उद्योग, खानी उद्योगका अरु बढी विदेशी लगानी भित्र्याउने आदि विषय समावेश छन्। जनरल इलेक्ट्रिक कम्पनीका उप-महाप्रबन्धक त्वान स्याउ यिङले चीनको व्यापार वातावरण सुधार भइरहेको भन्दै चीनका विभिन्न स्तरका सरकारले पनि उद्योग लक्षित सेवा मञ्च र कार्य समन्वय प्रणालीको स्थापना गरेको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु