फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विदेशी लगानीको परिमाण लगातार पच्चीस वर्षसम्म विकासोन्मुख मुलुकहरुमध्ये पहिलो स्थानमा

(GMT+08:00) 2017-10-12 18:35:04

चीनका वाणिज्य मन्त्रलायका प्रवक्ता काउ फङले आज बाह्र तारिख पैचिङमा चीनको विदेशी लगानीको परिमाण लगातार पच्चीस वर्षसम्म विकासोन्मुख मुलुकहरुमध्ये पहिलो स्थानमा रहेको बताउनुभएको छ। उहाँले विगत पाँच वर्षदेखि चीनको विदेशी लगानीको परिमाण स्थिर रहेको तथा विदेशी लगानीको व्यवस्थापन प्रणालीमा आधारभूत परिवर्तन भएको भन्दै आगामी समयमा चीनले खुला क्षेत्रको अझै विस्तार गर्ने बताउनुभयो।

सन् 2013देखि सन् 2016सम्म चीनमा लगानी गरिएका विदेशी व्यवसायहरुको संख्यामा एक लाख भन्दा बढी नयाँ थप भएको छ। प्रवक्ता काउले सन् 2016मा चीनले आठ लाख चौसट्ठी अर्ब चालीस करोड चिनियाँ युआनको विदेशी लगानी लगाइएको पनि बताउनुभयो। जुन सन् 2015को तुलनामा 3 प्रतिशतले बृद्धि भएको हो।

चीनको व्यवसायले विदेशमा लगाएको लगानीको परिमाण लगातार दुर्इ वर्ष विश्वको दोस्रो स्थानमा रहेको छ। विदेशमा चीनको लगानीको कूल रकम पचास खर्ब अमेरिकी डलर पुगेको छ।

जानकारी तथा लेखहरु