फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भविष्यमा चीनमा अझै बढी व्यापारिक मौका मिल्ने चिनियाँ प्रवासी र चिनियाँ मूलका व्यापारीहरुको विश्वास

(GMT+08:00) 2017-10-14 15:44:39

चीनले विगत पाँच वर्षदेखि स्थिर आर्थिक विकास गर्नुका साथै चीनको उत्पादनले प्रतिस्पर्धात्मक तीव्रता लिएकाले अझै बढी चिनियाँ प्रवासी र चिनियाँ मूलका व्यापारीहरुले चीनमा लगानीको इच्छा देखाएका छन्।

जर्मनी हैम्बर्ग चिनियाँ वाणिज्य च्याम्बरका उपप्रमुख एवम् युरोप-चीन "एक पेटी एक मार्ग" प्रवर्द्धन बैठककी प्रमुख वाङ वङले पाँच वर्षदेखि राष्ट्राध्यक्ष सी चिन फिङले राजनैतिक र वाणिज्यबीचको नयाँ सम्बन्ध जोडने प्रस्ताव प्रस्तुत गर्नुभएपछि चिनियाँ प्रवासी र चिनियाँ मूलका व्यापारीहरुले चीनको आर्थिक विकासमा योग्दान गरेको पनि बताउनुभयो। उहाँले निकट भविष्यमा आयोजना हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सफलताको कामना पनि गर्नुभएको छ।

अमेरिकाका नामी चिनियाँ प्रवासी व्यवसायी हेनरी चौले केहि वर्षदेखि आफ्नो कम्पनीले प्रविधिमा धेरै सफलतालाई प्राप्त गरेको सुनाउँदै चीनको भविष्यप्रति पूर्ण अपेक्षा रहेको बताउनुभयो। उहाँले 19औं महाधिवेशन पछि झन् बढी चीन-अमेरिका बीचको सहयोग कार्यक्रमलाई विकास गर्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु