फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्ष यता तिब्बतमा ठूलो विकास

(GMT+08:00) 2017-10-14 15:45:18

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन अवधिमा तिब्बत स्वायत्त प्रदेशमा ठूलो विकास तथा प्रगति भएको छ। ल्हासाको चक्रपथ ती उपलब्धीहरू मध्येको एक हो। विश्वको सबैभन्दा उचाइमा पर्ने सो चक्रपथको पूर्ण दूरी एक सय किलोमिटर छ भने त्यसको निर्माण गर्न दुई वर्ष लाग्नुका साथै सात वटा सुरुङ र सत्ताइस वटा पूलको निर्माण गरिएका छन्। यसबाट ल्हासाको यातायात जाममा धेरै सुधार भएको छ। साथै पाँच वर्षयता तिब्बत र भित्री भूमीबीच आउने-जाने उड्ड्यन पनि धेरै बढेको छ।

पाँच वर्षयता तिब्बतको इन्टर्नेट सुविधा पनि धेरै बढेको छ। इन्टर्नेट अथवा मोबाइल फोनबाट खाने कुरा, टिकट, ट्याक्सी यातायात आदि उपभोग गर्न धेरै सुविधाजनक भएको छ। तिब्बतको चिकित्सा सहायता कार्यक्रमबाट पनि तिब्बती सर्वसाधारणलाई धेरै सुविधा प्रदान गरिएको छ। भित्री भूमिका लगभग तीन सय वटा सर्वोत्कृष्ट तहका अस्पतालका विशेषज्ञले सामूहिक रुपमा तिब्बत पुगेर तिब्बतको चिकित्सा विकास, क्षमता तालिम, चिकित्सा विज्ञानको विकासमा सहयोग गरेका छन्। साथै विभिन्न निःशूल्क स्वास्थ्य जाँच पनि तिब्बतभरि पुगेको छ।

ती उपलब्धिबाट तिब्बती निकै सुखमय तथा आनन्दमय बन्दै गएको छ र अर्को पाँच वर्षमा तिब्बतको अझ ठूलो विकास हुने सबैको विश्वास छ।

जानकारी तथा लेखहरु