फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रिय समितिको सातौँ पूर्ण बैठकको विज्ञप्ति

(GMT+08:00) 2017-10-14 19:12:09

सन् 2017को अक्टोबर एघार तारिखदेखि चौध तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी, अठारौँ केन्द्रिय समितिको सातौँ पूर्ण बैठक पैचिङमा आयोजना भएको छ। बैठकले सन् 2017को अक्टोबर अठार तारिख चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशन पैचिङमा सुरु हुने निर्णय गरेको छ।

बैठकले केन्द्रिय राजनीतिक ब्यूरोको अधिकारमा सी चिन फिङले गर्नुभएको कार्य प्रतिवेदनबारे सुनेर छलफल गरेको छ। बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रिय समितिले उन्नाइसौँ महाधिवेशनमा पेश गर्ने प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ। साथै बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ अनुशासन अनुगमन समितिले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनसमक्ष पेश गर्ने कार्य प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ। बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको संविधान(संशोधन) बारे पनि छलफल गरी पारित गरेको छ साथै ती तीन वटा पत्रलाई चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा पेश गरी समीक्षा तथा विचारविमर्श गर्ने निर्णय गरेको छ।

बैठकले अठारौँ केन्द्रिय समितिको छैठौँ पूर्ण बैठक भएयता केन्द्रिय राजनीतिक ब्यूरोको कार्यको सक्रिय मूल्याङ्कन गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयताका पाँच वर्ष पार्टी र देश विकास प्रकृयामा निकै असामान्य पाँच वर्ष भएको विचार बैठकले लिएको छ। बैठकले चिनियाँ कम्युनिष्ट एक अर्ब तीस करोड जनताको नेतृत्व गरी आठ करोड नब्बे लाख सदस्य भएको ठूलो पार्टी हो भन्दै केन्द्रिय एकीकृत नेतृत्व नभएमा जनताबाट छोडेर जनता लिएर सुधार तथा खुलापन र समाजवादी आधुनिकिकरण निर्माण गर्ने ऐतिहासिक जिम्मा बोक्नसक्ने दोहोर्‍याएको छ।

जानकारी तथा लेखहरु