फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनप्रति विभिन्न मुलुकको ध्यानाकर्षण

(GMT+08:00) 2017-10-15 18:18:54

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशन सुरु हुँदैछ जसले विश्वको ध्यान तानिरहेको छ। हाल सिंगापुर, जर्मनी, भारतलगायत विभिन्न मुलुकका मिडियाले लेख प्रकाशित गरी विगत पाँच वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनका विभिन्न क्षेत्रमा भएका उपलब्धिबारे सक्रिय मूल्याङ्कन गरेका छन्। साथै चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनले चीन र विश्वमा महत्वपूर्ण प्रभाव पार्ने विचार प्रस्तुत गरेका छन्।

सिंगापुरको ल्येन ह चाउपाउ अखवारले विभिन्न लेख प्रकाशित गरी पाँच वर्षयता चीनको भ्रष्टाचार प्रतिरोधका क्षेत्रमा प्राप्त उपलब्धिबारे चर्चा गरेको छ। लेखले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन यता केन्द्रिय नेतृत्व तहले भ्रष्टाचार प्रतिरोधी प्रणालीको स्थापना गर्न धेरै प्रयास गरेको र हासिल भएका उपलब्धिले पनि जनताको मन जितेको उल्ले‌ख गरेको छ।

जर्मनीको द बेल्ट अखवारले एउटा लेख प्रकाशित गरी हाल चीनको अर्थतन्त्र समृद्ध र पार्टीको शासन व्यवस्था जनताका लागि संतोषजनक रहेको भन्दै उन्नाइसौँ महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीले चीनको विकासको दिशा लिने उल्लेख गरेको छ।

भारतको द हिन्दुले गत पाँच वर्षमा चीनले अनेकौँ सुधार गरेको भन्दै भ्रष्टाचारको प्रतिरोध, रक्षा तथा सेनाको गहन सुधार, संचार क्षेत्रमा पार्टीको नेतृत्व स्थल बढाउने योजनाबाट चीनको स्पष्ट उपलब्धि हासिल भएको उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु