फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा शुभेच्छुकहरूको बैठक आयोजना

(GMT+08:00) 2017-10-15 18:31:52

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले गत अगष्ट 30 तारिख चिनियाँ कम्युनिष्ट पार्टीको शुभेच्छुकहरूको बैठक आयोजना गरी चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको प्रतिवेदनबारे सुझाव मागेको छ। विभिन्न लोकतन्त्रिक दल, राष्ट्रिय उद्योग तथा वाणिज्य संघका नेता, स्वतन्त्र व्यक्तिबाट सुझाव र प्रस्ताव संकलन गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिन फिङले बैठकको अध्यक्षता गरी महत्वपूर्ण सम्बोधन गर्नुभयो।

बैठकका सहभागीहरुले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन यता सी चिन फिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले विकास स्थितिको आधारमा चीनको समाजबादमा ठूलो उपलब्धि हासिल गर्नेतर्फ अघि बढाएको विचार व्यक्त गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको प्रतिवेदनले अठारौँ महाधिवेशन यता चिनियाँ कम्युनिष्ट पार्टी र देशका कार्यमा देखिएका ऐतिहासिक विकासबारे व्याख्या गरी अनेकौँ महत्वपूर्ण विचार, धारणा, कदम प्रस्तुत गरेको उनीहरुले उल्लेख गरेका छन्।

सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्दै लोकतान्त्रिक दल चिनियाँ कम्युनिष्ट पार्टीको घनिष्ट मैत्री पार्टी भएको र चिनियाँ कम्युनिष्ट पार्टी तथा देशको महत्वपूर्ण नीतिसम्बन्धी विभिन्न लोकतान्त्रिक दल, राष्ट्रिय उद्योग तथा वाणिज्य संघका नेता, स्वतन्त्र व्यक्तिको सुझाव संकलन गर्नु नै लामो समय यताको नियम हो भने समाजवादी परामर्श लोकतन्त्रको महत्वपूर्ण प्रतिबिम्ब भएको धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु