फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा पहिलेको समिक्षा गर्नुका साथै भविष्यको योजना बनाउने

(GMT+08:00) 2017-10-16 15:50:13

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन 18 तारिख बुधबारदेखि पैचिङ्गमा आयोजना हुनेछ। चिनियाँ सत्तारुढ पार्टीको सर्वोच्च नेतृत्व संस्थाको हैसियतमा यो महाधिवेशनले चीनको भविष्यमा कस्तो प्रभाव पार्ने छ भन्ने कुरातर्फ निकै ध्यान केन्द्रित छ। पार्टीको महाधिवेशनले पहिलेको समिक्षा गर्नुका साथै भविष्यको योजना बनाएर चिनियाँ विशेषतायुक्त कार्यको विकासमा निकै महत्वपूर्ण प्रभाव पार्ने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको पार्टी स्कूलका प्रोफेसर अर्थात मार्क्स सिद्धान्तको अनुसन्धान तथा निर्माण कार्य समूहका प्रथम विशेषज्ञ यान शु हानले बताउनुभएको छ।

उहाँका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको 96 वर्षको इतिहासमा पार्टीको हरेक महाधिवेशन क्रान्ति, निर्माण र सुधारलगायत महत्वपूर्ण ऐतिहासिक अवधिमा आयोजित भएको हो। 19औं महाधिवेशन पहिलो सय वर्षको विजयी अवधि र दोस्रो सय वर्षको सुरुको अवधिमा रहेको छ। जसले भविष्यमा चीनको विकासका लागि महत्वपूर्ण योजना निर्माण गर्नेछ।

जानकारी तथा लेखहरु