फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन नयाँ युगमा प्रवेश

(GMT+08:00) 2017-10-18 10:14:52

महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनसमक्ष प्रतिवेदन पेश गर्दै लामो समयको प्रयासमार्फत चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगमा प्रवेश गरेको कुरा चीनका लागि विकासको नयाँ ऐतिहासिक दिशा रहेको घोषणा गर्नुभएको छ।

महासचिव सीका अनुसार, चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युग नै नयाँ ऐतिहासिक वातावरणमा निरन्तर रुपमा चिनियाँ विशेषतायुक्त समाजावदी महान बिजय प्राप्त गर्ने युग, चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण र चौतर्फी रुपमा समाजवादी आधुनिक सशक्त मुलुकको निर्माण हुने समय हो। उहाँले अगाडि भन्नुभयोः सम्पूर्ण जनताको साझा सम्पन्न भन्ने लक्ष्य क्रमश: पूरा हुने, चीन राष्ट्रको महान पुन:रुत्थान हुने, चिनियाँ सपनालाई साकार तुल्याउने युग हुने, दिनप्रति दिन विश्व मञ्चको केन्द्रतर्फ चीन नजिकिँदै जाने र निरन्तर रुपमा मानव जातिका लागि अझ ठूलो योगदान गर्दैजाने युग रहेको छ।

जानकारी तथा लेखहरु