फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परिवर्तित चीनको सामाजिक मुख्य अन्तर्विरोध

(GMT+08:00) 2017-10-18 11:06:38

महासचिव सी चिन फिङले आज चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै हाल चीनको सामाजिक मुख्य अन्तर्विरोध जनताको जीवनस्तर र आवश्यक्ता निरन्तर वृद्धि हुनुका साथै विकास असन्तुलित र अपूर्ण रहेको अन्तर्विरोधमा परिवर्तन भएको कुरा उल्लेख गर्नु भएको छ।

महासचिव सीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा चीनले निकट भविष्यमा सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने, जनताले अझ उच्च भौतिक तथा सांस्कृतिक स्तर बनाउने माग प्रस्तुत गर्नुका साथै प्रजातन्त्र, कानुनी शासन, समानता, न्याय, सुरक्षा र वातावरण आदि क्षेत्रमा अझ बढी ध्यान दिने कुरा समेटिएको छ। चीनमा अहिले रहेका महत्वपूर्ण समस्यामा असन्तुलित र अपूर्ण विकास रहेको तथा यसले जनताको जीवनस्तर निरन्तर वृद्धि भएकाले जीवनका आवश्यक्तालाई पूरा गर्नु चुनौति रहेको प्रतिवेदनमा उल्लेख छ। चीन दीर्घकालीन समाजवादी बाटोको आरम्भ चरणमा रहेकाले आधारभूत राष्ट्रिय परिस्थिति र विश्वमा सबभन्दा ठूलो विकासोन्मुक मुलुकको अन्तर्राष्ट्रिय स्थान परिवर्तन नहुने महासचिव सीले प्रतिवेदनमा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु