चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवशेनदेखि नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा बन्दैआएको छ। आज चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवशेनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा सार्वजनिक गर्नुभएको छ।
यो चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनताले चीन राष्ट्रको महापुन:उत्थानलाई सफल बनाउने निर्देशिका भएको र त्यसलाई दीर्घकालसम्म कायम राख्नुपर्ने चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले बताउनुभएको छ।
नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारासँगै नयाँ दृष्टिकोणबाट कम्युनिष्ट पार्टीको शासन गर्ने विधान,समाजवादको निर्माणको विधान,मानव समाजको विकासको विधानलाई गहन पारेको छ। यस विचारधारामा सन् २०२०सम्ममा चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्ने आधारमा यस शताब्दीको मध्यकालमा चीनलाई सबल,प्रजातान्त्रिक,सभ्य,मेलमिलाप तथा सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुक बनाउनुपर्ने कुरा प्रस्तुत गरिएको छ।