फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2020 सम्म चीनका सबै ग्रामीण क्षेत्रमा गरिबी निवारण

(GMT+08:00) 2017-10-18 12:27:52

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले आज चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवदेशनमा सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्दै चीनको वर्तमान मापदण्डअनुसार सन् 2020 सम्म चीनको सबै ग्रामीण क्षेत्रको गरिबी निवारण, सबै गरिब जिल्लाको उन्मूलन र क्षेत्रीय गरिबी निवारण हुने कुरामा जोड दिनुभएको छ।

यसका लागि चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो पार्टीका सबै सदस्य, देश तथा समाजको सबै शक्तिको प्रयोग गर्दै फरक कारणका गरिबीको समर्थन तथा निवारण कायम राख्दै जानेछ। केन्द्रीय निर्देशन, प्रान्तीय जिम्मेवारी वहन र शहर तथा जिल्लाको कार्यन्वयन कार्य-प्रणाली र पार्टी तथा सरकारका सर्वोच्च प्रमुखले सम्पूर्ण जिम्मेवारी लिने उत्तरदायी-प्रणाली कायम राख्दै गरिबी निवारणमा ज्ञान तथा बुद्धिको समर्थन गर्ने कुरामा महत्व दिँदैजाने कुरा पनि महासचिव सीले बताउनुभएको छ।

जानकारी तथा लेखहरु