फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा स्वास्थ्य नीति प्रस्तुत

(GMT+08:00) 2017-10-18 12:29:07

चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनमा पेश भएको प्रतिवेदनमा भनिएको छ: सम्पूर्ण रुपमा चिनियाँ विशेषतायुक्त आधारभूत चिकित्सा र स्वास्थ्य व्यवस्था, चिकित्सा प्रत्याभूति व्यवस्था र उत्कृष्ट तथा उच्च कार्य-कुशलतायुक्त चिकित्सा र स्वास्थ्य सेवा प्रणाली स्थापना गरिनेछ। आधारभूत तहको चिकित्सा र स्वास्थ्य सेवा प्रणाली तथा सबै प्रकारका चिकित्सक पङ्क्तिको निर्माणलाई सबल पारिने, औषधीद्बारा चिकित्सालाई सम्पन्न बनाइने र यसमा भएका नकारात्मक अवस्थालाई हटाइनेछ। औषधी आपूर्तिको प्रत्याभूति व्यवस्थालाई पूर्णता दिलाइने, गम्भीर रोगको निवारण र नियन्त्रण गरिने, खाद्य सुरक्षा रणनीति अपनाइने, प्रजनन् नीति र सम्बद्ध आर्थिक तथा सामाजिक नीतिको मिल्दोजुल्दो अवस्थालाई अघि बढाइनेछ। सक्रियताका साथ जनसंख्या वृद्ध हुने अवस्थाको सामना गरिने, वृद्धा प्रत्याभूति प्रणाली र सामाजिक वातावरणको स्थापना गरिने, वृद्ध कार्य र व्यवसायको विकासलाई शीघ्र पारिनेछ।

जानकारी तथा लेखहरु