फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्रष्टाचार विरुद्धको कडा कारवाही जारी

(GMT+08:00) 2017-10-18 13:55:13

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले आज चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै चिनियाँ जनताले भ्रष्टाचारको घृणा गरेका कुरा बनाउनुका साथै भ्रष्टाचार चिनियाँ कम्युनिष्ट पार्टीसामु देखा परेको सबभन्दा ठूलो समस्या भएको कुरा पनि व्यक्त गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले भ्रष्टाचारप्रति निशेध क्षेत्र नपाउने, सारा ढाक्ने तथा सहनशील नहुने नियमबमोजिम् घूस खानु तथा खुवाउनु सँगसँगै छानबीन गर्दै जाने र पार्टीभित्र हित समूह सम्पन्न हुन नदिने कुरा महासचिव सीले बताउनुभएको छ। भ्रष्टाचारलाई निवारण गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीमातहत शहर तथा जिल्ला तहको समितिमा घुम्ती छानबीन प्रणालीको स्थापना गरिने उहाँले बताउनु भएको छ। भ्रष्टाचारसित सम्बन्धित मान्छे जुनसुकै ठाउँमा गएपनि उनीहरूलाई पक्राउ गरेपछि कानूनअनुसार सजाय दिनुपर्छ। भ्रष्टाचार विरुद्ध राष्ट्रिय कानुनको तर्जुमा कार्य बढाउँदै अनुशासन निरीक्षण तथा निगरानी छानबीन व्यवस्था ढाकिने सूचना दिने चौतारो निर्माण गर्ने कुरा पनि महासचिव सीले प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु