फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको ढुवानी अवधिमा चिनियाँ नागरिक उड्डानद्वारा प्रतिदिन पन्ध्र लाख सत्तरी हजार यात्रु ओसार-पसार

(GMT+08:00) 2018-02-11 15:45:08

फेब्रुअरी एक तारिख अर्थात् चीनको वसन्त चाडको ढुवानी अवधि शुरु भएयता चिनियाँ नागरिक उड्ययनले हरेक दिन पन्ध्र लाख सत्तरी हजार यात्रु ओसार-पसार गर्ने गरेको छ भने गत वर्षको सोहि अवधिको तुलनामा नौ दशमलव सत्ताईस प्रतिशतले वृद्धि भएको देखिन्छ। वसन्त चाडको ढुवानी प्रत्याभूति सुरक्षित, सुचारु र व्यवस्थित भइरहेको चिनियाँ नागरिक उड्ययन ब्युरोले जनाएको छ।

समस्त चीनमा मुख्यत: सर्वेक्षण गरिएका सन्तावन्नवटा शहरमध्ये वसन्त चाडको ढुवानीमा ओसार-पसार गर्ने यात्रुको संख्या अघिल्ला दशस्थानका शहर पैचिङ, शाङ्गहाई, क्वाङ चौ, शन चन, खुन मिङ, छङ तु, सिआन, छोङ छिङ, हाङ चौ र हाइ खौ रहेका छन्। ती शहरमा ओसार-पसार गरिने यात्रुको संख्याले समस्त देशका यात्रुको कुल संख्याको चालीस प्रतिशतभन्दा बढी अनुपात ओगटेको छ।

जानकारी तथा लेखहरु