ह्वाङपू नदीलाई साङहाईको मातृ नदीको रूपमा लिइन्छ। यस नदीले शहरलाई दुई भागमा पुतोङ र पिसीमा विभाजित गरेको छ। नदीको दुवै किनारमा आकर्षक भवनहरू ठडेका छन्। यस नदीको पश्चिम तटलाई बण्ड भनिन्छ। अर्थात् तटबन्ध या नदीमाथिको सडक र यसलाई साङहाई शहरको प्रतीकको रूपमा पनि लिइन्छ र यसको लम्बाई १५०० मिटर छ। यस बण्डको पश्चिमतिर विभिन्न युरोपेली शैलीका प्रसिद्ध र आकर्षक भवनहरूको दृश्य देख्नसकिन्छ। त्यसै गरी यस बण्ड या नदीको पूर्वी किनारमा अग्ला अग्ला भवनहरू गगन चुम्बन गर्न लालायित झैं देखिन्छन्। ४६८ मि. अग्लो ओरियन्टल टावर विश्वको छैठौं र चीनको दोस्रो सबैभन्दा ठूलो टिभी र रेडियो टावर हो।
त्यसै गरी साङहाई टावर चीनको सबैभन्दा ठूलो र विश्वको दोस्रो ठूलो टावर हो। यसको पूर्वमा साङहाई विश्व वित्तीय केन्द्र टावर र उत्तरमा चिनमाओ टावर अवस्थित छ।
Photo by #AjayaAloukik
1 2 3