फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी पूँजीद्वारा सञ्चालित व्यवसाय प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोका लागि तम्तयार

(GMT+08:00) 2018-10-19 15:48:32
प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो आगामी नोभेम्बर पाँचदेखि दश तारिखसम्म चीनको शाङ्गहाईमा आयोजना गरिनेछ। त्यस एक्स्पोमा 1 लाख 50 हजारभन्दा बढी चिनियाँ र विदेशी किनमेल व्यापारीहरू सहभागी हुने अनुमान छ। हाल त्यस एक्स्पोमा सहभागी हुने विदेशी पूँजीद्वारा सञ्चालित व्यवसायका जिम्मेवार व्यक्तिहरूले आयात एक्स्पो, चीनको बजार र चिनियाँ व्यवसायसित सहयोगको प्रतीक्षा गरिरहेका छन्। त्यो एक्स्पो सारा विश्वका व्यवसायहरूले चीनमा प्राविधिक आदान-प्रदान तथा सहकार्यलाई सबल पार्ने राम्रो अवसर हुने ठहर पनि उनीहरूले गरेका छन्।

प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो शुरु हुनलागेको सिलसिलामा त्यस एकस्पोमा प्रदर्शन गरिने मालसामानहरू चीनभित्र प्रवेश हुने उच्च लहर पनि देखा परेको देखिन्छ। एक्स्पोका विभिन्न तयारी कार्य सुचारु रुपमा भइरहेको छ।

प्राप्त जानकारी अनुसार, एक्स्पोमा आयोजना गरिने उद्योग-व्यवसाय र वाणिज्य प्रदर्शनीबाट 1 सय 30 भन्दा बढी मुलुक र क्षेत्रका 2 हजार 8 सयभन्दा बढी व्यवसायहरूलाई आकर्षित गरिएको छ।

जानकारी तथा लेखहरु