|
|
|
|||||||||
|
||

प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आउने नोभेम्बर 5 देखि 10तारिखसम्म शाङ्गहाइमा आयोजना हुने भएको छ। चीनको महत्वपूर्ण छिमेकीहरूमध्ये एकको रुपमा म्यान्मारले यस एक्स्पोमा भाग लिन सक्रिय व्यवसायको संकलन गरेको छ। म्यान्मारको व्यापार प्रवर्द्धन समितिका डाक्टर तङ्ग लुन उले हाल हाम्रो रेडियोका पत्रकारसँग अन्तर्वार्ता दिँदै यस एक्स्पोमार्फत् म्यान्मार र चीनबीचको अर्थतन्त्र लगायत विभिन्न क्षेत्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

म्यान्मारले यस एक्स्पोमा दश लाख वर्गमिटर क्षेत्रफलको प्रदर्शनी क्षेत्रको बन्दोबस्त गर्ने छ। जम्मा 26 प्रदर्शनी सिटमा 15 आभूषण प्रदर्शनी सिटबाहेक कृषि उत्पादन वस्तु,खाद्य पदार्थ र पर्यटन सम्बन्धी प्रदर्शनी सिट समेटिएको छ। डाक्टर तङ्गका अनुसार यस आयात एक्स्पोले व्यापारलाई प्रवर्द्धन गर्ने मञ्च मात्र नभइ चीनसमक्ष म्यान्मारको जानकारी दिने अवसर सिर्जना गर्ने छ। उहाँले भन्नुभयो:यस एक्स्पोमा म्यान्मारले मुख्य गरी आफ्नो कृषि उत्पादन वस्तु लगायत म्यान्मारको व्यापारलाई प्रवर्द्धन गर्नसक्ने श्रृंखलावद्ध सामग्रीको प्रदर्शनी गर्ने छ। यसका अतिरिक्त शाङ्गहाइ लगायत सारा विश्वलाई म्यान्मारप्रति अझ राम्ररी बुझाउन सकिने छ। त्यसैले हामीले यस एक्स्पोमा एक सानो प्रचार प्रसार बैठकको आयोजना गर्दै म्यान्मारको मानवीय तथा साँस्कृतिक चलनको जानकारी दिनेछौं।

चीन विश्वमा जनसंख्याका हिसावले सबैभन्दा ठूलो मुलुक हो। साथै चीन सारा विश्वको दोस्रो ठूलो आर्थिक समूह र दोस्रो ठूलो आयात तथा उपभोगकर्ता मुलुक हो। सम्बन्धित तथ्याङ्कअनुसार चालू वर्षको पूर्वार्धमा चीन र म्यान्मारबीचको कूल व्यापार रकम 8अर्ब20करोड अमेरिकी डलर पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 26.5प्रतिशतले बढेको देखिन्छ। चीन नै म्यान्मारको पहिलो ठूलो व्यापारिक साझेदार र पहिलो ठूलो विदेशी पूँजी उद्गम मुलुक मात्र नभइ म्यान्मारको सबैभन्दा ठूलो निर्यात बजार पनि हो। चीन र म्यान्मारबीचको व्यापारिक भविष्यप्रति डाक्टर तुङ्गले धेरै प्रतीक्षा गर्नुभएको छ। उहाँले भन्नुभयो:म्यान्मारको विदेशी व्यापारमध्येको 60प्रतिशत नै चीनसित गराइएको छ। चीन एक अर्ब 50करोड जनसंख्यासहित ठूलो बजार हो। हामीले चिनियाँ बजारप्रति धेरै प्रतीक्षा गर्दछौं। चीन र म्यान्मार बीचको व्यापार तथा लगानी बढ्दै यी दुबै मुलुकका जनताबीचको आदानप्रदान पनि मजबुत गरिँदै जाने विश्वास हामीले गर्दछौं।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||